सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ पुस ।
अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसन वीरगंजद्वारा आयोजित स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
श्री त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम मावि वीरगंजमा विद्यालयका शिक्षिकाहरुको लागि आयोजित सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
फाउन्डेसनकी कार्यक्रम निर्देशक प्रा. पुष्पा कुमारी कर्णको अध्यक्षतामा आयोजित कार्यक्रमको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरी प्रारम्भ गर्नु भयो ।
कार्यक्रममा स्तन क्यान्सर रोग विशेषज्ञ डा. विकाश साह र प्रसुती रोग तथा स्त्री रोग विशेषज्ञ डा. सम्मी कर्णले स्तन क्यान्सर सम्बन्धि प्रशिक्षण दिएका छन ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयका ६० जना शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्रधानाध्यापक नविन कुमार मिश्र, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, युवा संघका केन्द्रिय सदस्य अनिल पटेल लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी शनिबार नै अवध नारायण उमा देवी मेमोरियल फाउन्डेसनले सखुवा प्रसौनी गाउपालिका स्थित श्री दिपनारायण आदर्श नमुना मावि औराहा पांचगावामा पनि स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
Facebook Comments Box