सहारा दैनिक

spot_img
Homeदेशमधेशचालक सहित भारतीय एम्बुलेन्स नियन्त्रण

चालक सहित भारतीय एम्बुलेन्स नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ पुस ।
बिना भन्सारको अनाधिकृत प्रयोग गरिरहेको भारतीय एम्बुलेन्स चालक सहित वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १३ स्थित तराई अस्पताल अगाडीबाट नियन्त्रणमा लिएको भारतीय एम्बुलेन्स चालक सहित वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
सूचना अनुसार खटिएको प्रहरी टोलीले तराई अस्पताल अगाडी सडकखण्डबाट द्यच्ज्ञब्ए छद्दढज्ञ नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिन नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको भारतीय बोलेरो एम्बुलेन्सको अ.मू.रू.४ लाख मूल्यांकन गरी कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -