सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ पुस ।
बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी प्याज लोड रहेको देखिए पछि उक्त पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको पिकअप भित्र रहेको प्याजको अ.मु.रू. १ लाख ४७ हजार ७ सय ५० मुल्यांकन गरी आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box