सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ पुस ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इकाइहरुबाट खटिएका संयुक्त टोलीले गाँजा खेती फाडानी गरेको छ ।
जिप्रका पर्सा मातहरका ईलाका प्रहरी कार्यालय ठोरी, ईलाका प्रहरी कार्यालय औडार र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त टोलीले ठोरी र पटेर्वासुगौली गाउपालिकामा लगाइएको अवैध गाँजा खेती फडानी गरेको हो ।
संयुक्त प्रहरी टोलीले आइतवार ठोरी गाउपालिका वडा नं.३ स्थित रामनगर तथा बुद्धनगर, पटेर्वासुगौली गाउपालिका वडा नं.४, ५ स्थित देउरिया र डेकुलीमा अवैधरूपमा लगाइएको ११ कठ्ठामा ६ हजार गाँजाको बोट फडानी तथा नष्ट गरिएको जिप्रकाले जनाएको छ ।
प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जनाएको छ ।
Facebook Comments Box