सहारा दैनिक

spot_img
Homeदेशकोशीभारतद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

भारतद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ, २८ मङ्सिर (रासस)
भारत सरकारको सहयोगमा उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ ।
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री डा नारायण खड्का र यहाँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले सो भवनको बुधबार शिलान्यास गर्नुभयो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको रु तीन करोड ७९ लाख आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो ।
ॅनेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग आवश्यक कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिने दूताबासले जनाएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ । बेलका नगरपालिकामार्फत यो परियोजनाको कार्यान्वयन गरिनेछ ।
कार्यक्रममा डा खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । भारतीय राजदूतावास, काठमाडौंका नियोग उप(प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताउनुभयो ।
साथै उहाँले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पूरा गरेको पनि बताउनुभयो । यस विद्यालयको भवन निर्माण सम्पन्न भएपछि नयाँ विद्यालय भवनले जनता बेलका माध्यमिक विद्यालयका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्नुका साथै यस क्षेत्रमा शिक्षाको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -