सहारा दैनिक

spot_img
Homeदेशसिम्रौनगढ नगरपालिकामा लोसपा र कांग्रेस विच तनावः प्रमुख प्रशासकीय अधिकृतको हाजिरी विवादले...

सिम्रौनगढ नगरपालिकामा लोसपा र कांग्रेस विच तनावः प्रमुख प्रशासकीय अधिकृतको हाजिरी विवादले उग्र रुप लिंदा एक जनाको मृत्यु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ मंसिर ।
राजनितिक द्वन्दले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा बुधवार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउने र नगराउने पक्ष विचको तनावले उत्पन्न स्थिती नियन्क्रण गर्ने त्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।
प्रहरीले आश्रु ग्यास र हवाइ फायर गर्ने क्रममा टाउकोमा गोली लागेर सिम्रौनगढ नपा वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा अंदाजी २५ वर्षीय लक्ष्मी मुखियाको घटना स्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन भने जिल्ला प्रहरी कार्यालय बाराले गम्भिर घाइते भएका मुखियाको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।
बुधवार दिउसो सिम्रौनगढ नपाका मेयर किशोरी साह कलवारले हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई हाजिर गराउन कार्यालय जांदा आन्दोलनरत कर्मचारी र सोही नपाका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले हस्तक्षेप गर्न खोज्दा दुवै पक्ष विच झडपको स्थिती सृजना भएको थियो भने आन्दोलनरत र विपक्षीले ढु·ा मुढा गर्नुको साथै तोडफोड गर्न थाले पछि प्रहरीले हस्तक्षेप गरेको स्थानीयले जनाएका छन ।

प्रहरीले हुलद·ा नियन्क्रण गर्ने त्रममा अश्रुग्यास र हवाइ फायर गरेको थियो । सोही क्रममा गोली लागेर मुखियाको मृत्यु भएको बताइएको छ ।
झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बारा प्रहरीले जनाएको छ । आन्दोलनकारीहरुले मेयरको गाडीमा समेत तोडफोड गरेका छन ।
सिम्रौनगढ नगरपालिकाको मेयर कलवार लोकतानत्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन भने वडा अध्यक्ष लगायत अधिकांश कार्यपालिका सदस्यहरु नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका छन ।
नेपाली कांग्रेससंग कार्यपालिकामा बहुमत रहेकै कारण मेयरले गर्ने कुनै पनि निर्णयमा सहमती हुने नगरेको कारण नगरकार्यपालिका कार्यालयको कामकारवाही अलपत्रै अवस्थामा रहेको केही जनप्रतिनिधीहरुको भनाइ छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -