सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ मंसिर ।
पर्सा प्रहरीले लागु औषध सहित तिन जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्तीचोक स्थित सडकखण्डबाट लागु औषध सहित तिन जनालाई पक्राउ गरेको हो ।
संयुक्त चेकिङ टोलीले आइतवार भारतबाट वीरगंज तर्फ आउने सवारी साधन तथा पैदल याक्रीहरूलाई चेकजाँच गर्ने त्रममा ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकेर खानतलासी गर्दा मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.१ को २४ वर्षीय समिप श्रेष्ठ र पछाडी सवार २८ वर्षीय सुवास पौडेलले लगाएको हुडी भित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मि. ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसै गरी शुक्रवार पनि प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकबाट एक जनालाई लागु औषध सहित पक्राउ गरेको जनाएको छ ।
चेकिङ टोलीले भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.१४ मयूरधापको २८ वर्षीय साजन पौडेलले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान ७ पत्ता ट्याब्लेट फेला परे पछि निजलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ सहित पक्राउ दुई जना र नाईट्राजेपाम नाइजा एक्यान ट्याब्लेट सहित पक्राउ एक जनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box