सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ मंसिर ।
पर्सा प्रहरीका विभिन्न चौकीहरुले गाँजा खेती फाडानी गरेको छ ।
सूचना परिचालन तथा कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकीहरु र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ठोरी र जिराभवानी गाउपालिका स्थित लगाइएको अवैध गाँजा खेती फडानी गरेको हो ।
संयुक्त प्रहरी टोलीले पर्सा जिल्ला ठोरी गाउपालिका वडा नं. ४ मा ४ कठ्ठा, वडा नं. ५ मा ११ कठ्ठा र जिराभवानी गाउपालिका वडा नं. १ स्थित १० धुर जग्गामा लगाइएको गाँजा खेति फडानी गरी नष्ट गरिएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box