सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ मंसिर ।
सामुदायीक सेवा केन्द्र तथा समुदायीक प्रहरी सेवा केन्द्र मिना बजारले विद्यर्थीहरुको लागी लै·िक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रले माइस्थान विद्यापिठ स्कुलमा मंगलवार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुलाई लै·िक हिंसा सम्बन्धि प्रशिक्षण दिइएको छ ।
ॅलै·िक हिंसा विरूद्धको १६ दिने अभियान’ अन्तरगत वीरगंज महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिराकाजी महर्जनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा माइस्थान विद्यपिठका कक्षा ६ देखि ९ कक्षा सम्मका सहभागी १०० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि पुष्कर बोगटीले विद्यार्थीहरुलाई लै·िक हिंसा गर्दा हुने कानूनी दण्ड सजाय बारे जानकारी गराउनु भएको थियो भने नारायणी अस्पताल वीरगंजकी हेमा थापाले स्वास्थ्य सम्बन्धि जानकारी गराइन ।
केन्द्रका अध्यक्ष बासुदेव सहनीले सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रवेश सर्राफmले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रममा माइस्थान विद्यापिठ माविका प्रधानाध्यापक मुनीलाल कर्ण, सहायक प्रधानाध्यापक अतुल श्रीवास्तव, शिक्षक श्रीमती प्रेमलता कुमारी साह, जगरनाथ साह, प्रसनि मिना कुमारी बडाल लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box