सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ मंसिर ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका चक्लेटहरु पर्सा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ६ स्थितबाट विभिन्न किसिमका चक्लेटहरु बरामद गरेको हो ।
प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका Thank You Chocolate–६४ डिब्बा, Cricket chocolate–५३ डिब्बा, Fresh Milk chocolate –२८८ डिब्बा, Dady Love chocolate–२२४ डिब्बा, WhiteLand Chocolate–२६ डिब्बा र Cotco chocolate–४८ डिब्बा चक्लेटहरु बरामद गरी आवश्यक कारवाहीको लागि आइतवार वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box