सहारा दैनिक

spot_img
Homeसमाचारराजाको स्वागतमा ओर्लियो मानव सागर

राजाको स्वागतमा ओर्लियो मानव सागर

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ मंसिर ।
पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न झापा पुग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा मानव सागर नै ओर्लिएको छ ।
झापा जिल्ला विर्तामोड स्थित इकम कलेज परिसरमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पुग्नु भएका शाहलाई स्वागत गर्न लाखौ सर्वसाधारण सहभागी भएका हुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा उहाले शालिक अनावरण गर्नु झयो ।
कार्यक्रमका लागि शुत्रबारै झापा पुग्नु भएका पुर्व राजा शाहलाई धुलाबारी स्थित होटल मेची क्राउनबाट मानव सागरको र्‍याली सहित नारावाजी गर्दै विर्तामोड स्थित कार्यक्रमस्थलमा ल्याइएको थियो ।
विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिड्दै कार्यक्रम स्थल पुगेर शालिक अनावरणपछि केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन समेत गर्नु भयो ।
कार्यक्रमलाई लक्षित गरेर शनिबार झापामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -