सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ मंसिर ।
नेपाल दलित मुक्ति संगठनले रौतहट जिल्ला विन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानमाथि अभद्र व्यवहार गर्ने उपर कारवाहीको मांग गरेको छ ।
नेपाल दलित मुक्ति संगठन केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गरी कार्यपालिका सदस्य राजेश पासवानमाथि अभद्र व्यवहार, गाली बेइज्जति, जातीय छुवाछूत तथा भेदभाव भएको भन्दै दोषी उपर कारवाहीको माग गरेको हो ।
संगठनले जारी गरेको प्रेस विज्ञप्तीमा छठपर्वको अवसरमा रौतहट जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य समेत रहेका पासवानमाथि भएको अभद्र व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माले जारी गरेको विज्ञप्तीमा श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव, अधिकृत शंकर ठाकुर लगायतका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेको जनाएको छ ।
विज्ञप्ती मार्फत विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको यस घट्नाको विरोध तथा निन्दा गर्दै घोर भर्त्सना समेत गरेको छ ।
नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव, अधिकृत शंकर ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कारवाही गर्न संगठनले विज्ञप्ती मार्फत माग गरेको छ ।
संगठनले मानव अधिकार विरोधी समाजमा सदभाव विथोल्ने गरी घटाइएको घट्नाका दोषीहरुलाई कारवाही गर्न गराउन हरतरहको सहयोग गर्न सम्पूर्ण राजनीति दलहरु, दलित संगठन, मानव अधिकारकर्मी, संचारकर्मी लगायत संग अपिल पनि गरेको छ ।
पासवान माथि अभद्र व्यवहार गर्ने उपर कारवाहीको मांग
Facebook Comments Box