सहारा दैनिक

spot_img
Homeसमाचारढु·ा खसेर एक जनाको मृत्यु

ढु·ा खसेर एक जनाको मृत्यु

जुम्ला, ६ मङ्सिर (रासस)
जुम्लामा ढु·ा खसेर एक महिलाको मृत्यु भएको छ । ज·लमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढु·ा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।
कालकिोटको तिलागुफा नगरपालिका–७ राचुल्ली घर घर भई हाल माइती घर जुम्लाको हिमा गाउँपालिका–१ बड्की गाउँमा बस्दै आइरहेकी २२ वर्षीया कमला (विक) कामीको मृत्यु भएको सूचना अधिकारी चन्दले बताउनुभयो ।


प्रहरीका अनुसार ज·लको माथिबाट अचानक खसेको ढु·ा लागेर टाउकोमा चोट लागि गम्भीर घाइते भएकी कमलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -