सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ कार्तिक ।
शुभ दिपावली २०८० को अवसरमा वीरगंज स्थित माता बैष्णो देवी मन्दिर परिसरमा ११ हजार दिप प्रज्वलन गरिएको छ ।
हिन्दु स्वयम सेवक संघ नेपालद्वारा लक्षमी पुजाको अवसरमा आयोजित भव्य दिपोत्सव अन्तरगत ११ हजार दिप प्रज्वलन गरिएको हो ।
संघको अहृवानमा वीरगंज महानगरवासीको सहभागितामा दिपोत्सवमा आइतवार बेलुकी ८ बजे एकै पटक दिप प्रज्वलन गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ बाइपास स्थित माता बैष्णो देवी मन्दिर परिसरमा दिप प्रज्वलनमा सहभागी प्रत्येय परिवार एक एक व्लकमा दिप प्रज्वलन गरी ११ हजार दिप प्रज्वलन गरेका हुन ।
दिप प्रज्वलन पश्चात मन्दिर परिसर झिलमिल उत्सवमय बनेको थियो ।