सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ कार्तिक ।
वीरगंजमा मधेस प्रदेश कै पहिलो सुविधा सम्पन्न मल सञ्चालनमा आएको छ ।
वीरगंज स्थित आदर्शनगरमा संचालनमा आएको “स्काइलाइन” नामले बहुउद्देश्यीय मलको जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सांसद प्रदिप यादवले उद्घाटन गर्नु भयो ।
झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेस प्रदेश कै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल पनि सञ्चालनमा ल्याइएको छ ।
मलले नेपालकै सर्वोत्कृष्ट क्युएफएक्ससंगको सहकार्यमा मल्टीप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौं, पोखरा लगायत देशका अधिकांश ठूलो सहरमा पहिल्यै स्थापित क्युएफएक्सले वीरगंजको स्काइलाइन मल मार्फत मधेस प्रदेशमा प्रवेश लिएको हो ।
दश तल्ले मलमा रिटेल स्टोरसहित पार्टी, फन्सन आयोजना गर्नका लागि ब्यान्क्वेट हल, भारतीय तथा वैदेशिक पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरको क्यासिनो, स्विमिङ पुल, रूफटप रेस्टुरां लगायतको सुविधा रहेको छ । हालका लागि आंशिक रूपमा सञ्चालित मल केही समय भित्रै पूर्ण रूपमा खुल्ने बताइएको छ ।
मलमा वीरगंजवासीलाई एकै स्थलमा किनमेलदेखि मनोरञ्जन, खेलकुदसम्मको सेवा लिन सक्ने छन् ।
Facebook Comments Box