सहारा दैनिक

spot_img
Homeसमाचारप्रदेशमन्त्रीका सुरक्षा अधिकारी मृतअवस्थामा फेला

प्रदेशमन्त्रीका सुरक्षा अधिकारी मृतअवस्थामा फेला

हेटौँडा, २१ कात्तिक (रासस)
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका सुरक्षा अधिकारी मृत अवस्थामा फेला परेका छन् ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदीलाई हेटौँडा(११ स्थित सहिद स्मारक नजिक पेटीको पासो लगाइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
धादिङ खानीखोला इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेर हाल मन्त्री दुलालको सुरक्षागार्डका रूपमा काम गर्दै आएका सुवेदी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
सुवेदीलाई ॅमर्निङवाकमा’ जानेहरूले रुखको फेदमा बसेको र घाँटीमा कम्मरमा बाँधिने पेटीले पासो लगाएको अवस्थामा फेलापारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -