सहारा दैनिक

spot_img
Homeदेशबागमती०८४ मा अरु पार्टीलाई एक सिट पनि दिनुहुन्न–रवि लामिछाने

०८४ मा अरु पार्टीलाई एक सिट पनि दिनुहुन्न–रवि लामिछाने

काठमाडौं, ११ कात्तिक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा रिहा गरेर नयाँ दल र जनतालाई के गर्नसक्छौं गर भन्ने चुनौती दिइरहेको पनि बताए ।
उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर समेत गरे । कयौं बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला, सभापति लामिछानेले भने ।
पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ ।
एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाई थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ? उनले प्रश्न गरे । साभारः अनलाईनखबरडटकम

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -