राधेश्याम साह–––––––––––––––
गौर, १० कार्तिक ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई पक्राउ गर्न माग गरिएको छ ।
गत असोज २८ गते झै–झगडाको क्रममा महासंघका अध्यक्ष झाको आदेसमा उनका छोराले कुटपिट गरी घाइते बनाइएको नेकपा एमाले जिल्ला कार्य समिति रौतहटका सदस्य सुनीता श्रीवास्तवका श्रीमान् मनोज बर्माले पत्रकार सम्मेलन गरि उनलाई पक्राउ गर्न माग गरेका हुन ।
गौर नगरपालिका वडा नं. ३ निवासी मनोज बर्माले सो घटनाका मुख्य योजनाकार झालाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको आरोप पत्रकार सम्मेलनमा लगाएका छन ।
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा शुक्रवार आयोजित पत्रकार सम्मलेनमा बर्माले जाहेरी दरखास्त दर्ता सहज रुपमा गरे पनि मुख्य आरोपितलाइ घटना भएको २ हप्ता बितिसक्दा पनि प्रहरी पक्राउ नगरेको बताए ।
पिडितको श्रीमान वर्माले आफ्नो दुःख पोख्दै भेन्टिलेशन बन्द गर्ने तथा छत माथि राखिएको एनसेल कम्पनीको टावर हटाउने विषयको विबाद लिएर गत असोज २८ गते छिमेकी नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झा र उनका छोरा अविनाश झाले श्रीमति सुनीता श्रीवास्तवलाइ कुटपिट गरी गंभीर घाइते बनाएको बताउदै मुद्दा दर्ता पछि फरार रहेका झालाइ प्रहरीले पक्राउ गर्न कुनै तदारुकता नदेखाएको गुनासो व्यक्त गरेका हुन ।
गौर नगरपालिकाको न्यायिक समितिमा जग्गा नछोडेर लगाएको भेन्टिलेशन र संधियारको अनुमति बेगर लगाएको टावर हटाउने विषयमा भएको सहमति अनुसार काम गर्न भन्दा झाले बाबू छोरा मिलेर नेकपा एमाले जिल्ला कार्य समिति रौतहटका सदस्य समेत रहेकि सुनीता श्रीवास्तवको अनुहारमा बांसको धारिलो भाठा (चिरपट) प्रहार गरेको उनले दावी गरे ।
बर्माले भने बाबुले गरेको आदेशमा छोराले लाठी प्रहार गरेको छ, छोरालाइ प्रहरीले पक्राउ गरे पनि दोषी बाबू फरार रहेको छ छिटै प्रहरीले पक्राउ गरेर कानूनी दायरामा ल्याउन माग गरे ।
पत्रकार सम्मलेनमा पीडित बर्माले नाकमा लागेको गंभीर चोटको कारन श्रीमतीलाइ स्वास फेर्न समस्या भई रहेको र कहिले काही रगत समेत आउने गरेकोले शंकाको अवस्था रहेको बताए ।
महासंघ रौतहटका अध्यक्ष झालाई पक्राउ गर्न माग
Facebook Comments Box