सहारा दैनिक

spot_img
Homeसमाचारवर्तमान सरकार पाँच वर्ष टिक्छ–प्रधानमन्त्री

वर्तमान सरकार पाँच वर्ष टिक्छ–प्रधानमन्त्री

त्रिवेणी , ९ कात्तिक (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ ।
रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६ मग्मामा सहिद स्मृति खेलकुद तथा सांस्कृतिक मेलामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार बनेदेखि नै ढाल्ने चलखेल सुरु भए पनि कसैले हल्लाउन नसक्ने बताउनुभयो ।
“गठबन्धन सरकार कमजोर भए अराजकतावादी, विचारविहीनहरु बढ्दै जान्छन्, सामन्ती र निरंकुशतावादीले टाउको उठाउने खतरा बढ्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले मुलुकका विभिन्न भागमा धार्मिक र जातीय सद्भाव बिगार्ने खेल भइरहेको भन्दै त्यसलाई रोक्न पनि सरकार आवश्यक भएको तर्क गर्नुभयो ।
प्रधानमन्त्री दाहालले रुकुम पश्चिमको समग्र विकासबारे आफू जानकार रहेको बताउनुहुँदै काठमाडौँ पुगेपछि मन्त्रिपरिषद्को बैठकले यसबारे महत्वपूर्ण निर्णय गर्ने जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -