सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ कार्तिक ।
चांड पर्व लक्षित सरकारी निकायको अनुगमन हुंदा पनि बजारमा नक्कली खाने कुराहरु छ्याप छ्याप्ती रहेको पाइएको छ ।
एक बहुराष्ट्रिय कम्पनीबाट उत्पादित चुइगमको नक्कली उत्पादन नेपाली बजारमा निर्धक्क विक्रि वितरण भइ रहेको पाइएको हो ।
भारतीय बहुराष्ट्रिय उद्योगबाट उत्पादित सेन्टर फ्रुट नामक चुइगमको नक्कल गरी स्वीट मार्ट फुड प्रा.लि. वीरगंजले सेन्टर फिल नामक चुइगम उत्पादन गरी विक्रि वितरण गरिरहेको फेला परेको छ ।
नेपाल र भारत दुई देशका नागरिक रहेका शंकर मितलले संचालन गरेको स्वीट मार्ट फुड प्रा.लि. बाट सेन्टर फ्रुटको नक्कल गरी सेन्टर फिल उल्लेख गरेर चुइगम उत्पादन गरी विक्रि वितरण गरिरहेको प्रमाण फेला परेको छ ।
कुनै पनि बहुराष्ट्रिय कम्पनिको ट्रेड मार्क र कपि राइटको अधिकार अन्य कम्पनिलाई नहुने भए पनि मितलले आफ्नो स्वीट मार्ट फुड प्रा.लि.मा सेन्टर फ्रुटको नक्कल गरी सेन्टर फिल उल्लेख गरेर गुणस्तरहिन चुइगम उत्पादन गरिरहेको एक व्यवसायीले राट्रिय सहारालाई बताइका छन ।
सेन्टर फिल नामक ट्रेड मार्क र कपि राइटको अधिकार प्राप्त नगरेपनि स्वीट मार्ट फुड प्रा.लि.ले निर्विवाद उत्पादन गरी बजारमा विक्रि वितरण गर्ने गरेको पाइए पनि सम्बध निकाय एवं अनुगमन टोलीको ध्यानाकर्षण नभएको व्यवसायीहरु बताउछन ।
करोडौंको लगानीमा स्थापित भारतीय एचभाभततष् ख्बल ःभििभ क्ष्लमष्ब नामक उद्योगको ट्रेड मार्क र कोपी राइट अधिकार रहेको भए पनि त्यसकै सेन्टर ब्राण्डको नक्कल गरी मितलले स्वीट मार्ट फुड प्रा.लि. मार्फत सेन्टर फिल उल्लेख गरेर चुइगम उत्पादन गरी उपभोक्तालाई ठगी गर्दा पनि बजार अनुगमन टोली तथा स्थानीय प्रशासन मौन देखिनु शंकास्पद रहेको व्यवसायीहरु बताउछन ।
एक व्यवसायीले मितलले संचालन गरेको उद्योग वीरगंज महानगरपालिकाको विचैमा स्थापित रहेर प्रदुषन फैलाइ रहेको अवस्था एका तिर छ भने चुइगम र चकलेट उत्पादनका लागी चिनि दवैध रुपले भित्रियाउने गरेका भए पनि उनको स्वीट मार्ट फुड प्रा.लि. उपर कुनै निकायबाट कारवाही प्रकृया अगाडि बढेको देखिदैन ।
Facebook Comments Box