सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ असोज ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण कृषि औजार कारखाना पूर्ण रूपमा संचालनमा आउन नसकेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको बिहिवार बसेको बैठकमा बोल्दै यादवले सरकारले कृषि औजार कारखानाको जिम्मा समाजसेवी महावीर पुनलाई दिएपनि अनुदान वापतको रकम नदिंदा कारखाना पूर्ण रूपमा संचालनमा आउन नसकेको यादवले बताउनु भयो ।
उहाले वीरगंज स्थित कृषि औजार कारखानालाई पुनः सूचारु गर्ने जिम्मा सरकारले समाजसेवी महावीर पुनलाई दिएको र पुनले आफ्नो टोलीसंग कारखाना संचालनमा ल्याएर परीक्षण समेत गरिसकेका छन् । तर उनलाई सरकारले दिनुपर्ने २७ करोड रुपैया नदिंदा कारखाना पूर्ण रूपमा संचालनमा आउन सकेको छैन भन्नु भयो ।
उहाले सरकारले घोषणा गरेको रकम महावीर पुन तत्काल उपलब्ध गराउनु पर्ने माग पनि गर्नु भयो ।
सरकारको लापर्वाहीका कारण कृषि औजार कारखाना संचालनमा आएन
Facebook Comments Box