सहारा दैनिक

spot_img
Homeदेशमधेशबिल बिजक भन्दा बढी समाग्री लोड दुई ट्रक नियन्त्रण

बिल बिजक भन्दा बढी समाग्री लोड दुई ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ असोज ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकस्थित सडकखण्डबाट हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले बुधवार राती ना.१ ख ३२०१ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको उक्त ट्रक सहित हार्डवेयर, औषधी तथा खुद्रा सामानहरूको अ.मू.रू. ४४ लाख ४३ हजार ३ सय १७ मुल्यांकन गरी आवस्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी बुधवार राती नै प्रहरी टोलीले बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक नुवाकोटतर्फ जांदै गरेको अवस्थामा वीमनपा वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डबाट ना.४ ख ११२७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले ऊक्त ट्रकलाई रोकेर जाँच गर्ने त्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिइ अ.मू.रू.२० लाख ६५ हजार ९ सय ८० मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पनि जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -