सहारा दैनिक

spot_img
Homeदेशमधेशमधेस आन्दोलनबाट प्राप्त उपलब्धि जोगाऔँ–का.बा. अध्यक्ष श्रेष्ठ

मधेस आन्दोलनबाट प्राप्त उपलब्धि जोगाऔँ–का.बा. अध्यक्ष श्रेष्ठ

सप्तरी, २२ असोज (रासस)
जनता समाजवादी पार्टी नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा मधेस आन्दोलनबाट प्राप्त परिवर्तन जोगाउनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रेस मञ्च सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले परिवर्तनबाट संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धिलाई संस्थागत गर्न सबै सजग भएर लाग्नुपर्ने बताउनुभयो ।
मुलुकमा आएको परिवर्तन र उपलब्धिलाई जोगाउने जिम्मा मधेस प्रदेशकै हो भन्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले लोकतन्त्र, समतामूलक समाज निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । संघीयताकै आधारमा मधेसमा मधेस प्रदेशको पहिचान गराउन आफूहरु सफल भएको दाबी उहाँले गर्नुभयो ।
मधेसकै विद्रोहबाट संघीयता, धर्मनिरपेक्षता, पहिचानसहितको प्रदेश नामकरण गर्न सफल भएको भन्दै नेता श्रेष्ठले संघीय शासनलाई स्थापित गर्न जनता समाजवादी पार्टी लागिपरेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -