सहारा दैनिक

spot_img
Homeसमाचारनेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ–राजदूत सोङ्ग

नेपालको भौतिक विकासमा चीनको सहकार्य रहन्छ–राजदूत सोङ्ग

काठमाडौँ, २१ असोज (रासस)
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ॅबेल्ट एन्ड रोड इनिसेटिभ’ (बिआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताउनुभएको छ ।
बिआरआईको दस वर्षको उपलक्ष्यमा आज नेपाल(चीनमैत्री मञ्चले यहाँ आयोजना ॅबिआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा उहाँले चीन र नेपालबीचको सम्बन्धलाई बलियो बनाउँदै बिआरआईमा सहकार्यर् अघि बढाएर पूर्वाधार विकासमा सहयोग गरिने उल्लेख गर्नुभयो ।
राजदूत सोङ्गले चीन बिआरआई परियोजनामार्फत नेपालको कनेक्टिभिटी, सडक, रेल, बन्दरगाह, दूरसञ्चार र हवाई उड्डयनआदि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार र विकासमा पनि चीन सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
चिनियाँ राष्टूपति सी चिनफिङको सन् २०१९ मा नेपालमा भएको ऐतिहासिक भ्रमणका क्रममा बिआरआई परियोजना अघि बढाउन दुई देशबीच समझदारी बनेको उल्लेख गर्दै राजदूत सोङ्गले यसलाई कार्यान्वयन गरेर नेपालले लाभ लिनुपर्ने धारणा राख्नुभयो । उहाँले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन र आपसी हितका विषयमा साझेदारीका लागी मञ्च उपयोगी हुने बताउनुभयो ।
चीन नेपालको कृषि उत्पादन बढाउन र कृषि सामग्रीलगायत वस्तु आयात गर्न तयार रहेको छ भन्दै राजदूत सोङ्गले कृषिको आधुनिकीकरण, ऊर्जा र व्यापार प्रवर्द्धनका लागि पनि चीन सरकारको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले औद्योगिक क्षमता अभिवृद्धि गर्दै नेपाली जनताको जीविकोपार्जन बढोत्तरी गर्न पनि चीनको सहयोग रहने बताउनुभयो ।


कार्यक्रममा काठमाडौँ स्कुल अफ लका प्रोफेसर डा युवराज सङ्ग्रौलाले नेपालको आर्थिक र सामाजिक विकासमा बिआरआई परियोजनाले निर्वाह गर्नसक्ने भूमिकाबारे चर्चा गर्नुभयो ।
नेपाल(चीनमैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले दुईपक्षीय हित र समृद्धिलाई अवसरका रूपमा बिआरआई परियोजना कार्यान्वयन गरी नेपालले लाभ लिनसक्ने धारणा व्यक्त गर्नुभयो । लेखक डा सरोज धितालले बिआरआईको अवसरलाई नेपालले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा व्यापार सम्बन्ध, लगानीका अवसर, सम्पर्क सञ्जाल विस्तार र औद्योगिक विकास तथा शैक्षिक सहकार्यका विषयमा विज्ञहरूद्वारा प्रस्तुत कार्यपत्रमा समूहगत छलफलबाट आगामी रणनीति तयार गरिनेछ । उक्त गोष्ठीमा नेपाल र चीनबीच अनुसन्धान तथा शैक्षिक सहकार्य र नेपालमा बिआरआईः लगानी तथा व्यापारको शैलीमा परिवर्तन विषयमा समूहगत छलफल गरिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -