सहारा दैनिक

spot_img
Homeदेशमधेशतस्करको लागी बारा जिल्ला सुगम स्थलः दैनिक करोडौं मुल्य बराबरको सामानहरु चोरी...

तस्करको लागी बारा जिल्ला सुगम स्थलः दैनिक करोडौं मुल्य बराबरको सामानहरु चोरी तस्करी हुंदै

सहारा संवाददाता–––––––––––––––
कलैया, १९ असोज ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रत्यक्ष सहयोगमा बारा जिल्लाको सिमानाकाहरुबाट तस्करी फस्टाएको समाचार बुझिन आएको छ ।
जिल्ला अन्तरगतका सिमा क्षेत्रका सबै नाकामा स्थापित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट र नेपाल प्रहरीको थाना/चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिने केही प्रहरीहरुको सहयोगमा अहिले तस्करी धन्दा फस्टाएको हो ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सिमा क्षेत्रमा स्थापित इकाइहरुका प्रमुखले नै सहयोग गर्न थाले पछि अहिले बारा जिल्ला तस्करहरुको अखडाको रुपमा देखिन थालेको छ ।
तस्करहरुले दुवै सुरक्षा निकायको सहयोग प्राप्त गरे पछि अहिले दैनिक करोडौं राजश्व चुहावट हुने गरी लत्ता कपडा, मोटरपार्टस्, हार्डवेयर लगायतका सामान भित्रियाउने कार्यमा सकृय देखिएका छन ।
यसै क्रममा समाचार श्रोतका अनुसार सिमावर्ती प्रहरी चौकी छतवाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक श्याम किशोर यादव र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट छतवाका सशस्त्र प्रहरी नायब निरीक्षक राम एकवाल यादवको प्रत्यक्ष सहयोगमा भारतबाट तस्करहरूले दैनिक रात्री १० बजे पछिको समयमा ३० भन्दा बढी भैंसी, रांगा र उन्नत जातका जर्सी गाई अवैध रुपमा भित्रियाउने गरेका छन् ।


एका तिर हालै बारा जिल्लामा आएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुरेश काफ्ले नेतृत्वको प्रहरी टोलीले राजमार्गमा सुरक्षा व्यवस्था र चेकजाँचमा कडाई गरेपछि दिनदिनै अन्य जिल्लाबाट बारा जिल्ला भएर जाने तस्करीका सामान लोड गरेका ट्रक र गाडीहरू बरामद भैरहेपनि बारा जिल्ला कै सीमा क्षेत्रबाट हुने चोरी तस्करीमा खासै कमि आउन नसकेको सीमावर्ती क्षेत्रका बासिन्दाहरू बताउ छन् ।
प्रउ काफ्लेले जिल्लामा शान्ति सुरक्षा संगै अवान्छित गतिविधी विरुद्ध व्यवस्थालाई चुस्तदुरुस्त राख्न मातहतका प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको भए पनि सीमा नाका स्थितका प्रहरी कार्यालयलाई भने त्यसको प्रभाव पारेको देखिंदैन ।
जसले गर्दा सीमा नाकाबाट हुने तस्करीको माध्यमबाट नेपालमा अवैध लत्ताकपडा, मासुजन्य पशु चौपाया, हार्डवेयर, मोटर पार्टस र किराना समाग्रीका जिरा र काजु निर्विवाद रुपले तस्करहरुले भित्रियाउने गरेको प्रत्यक्ष रुप मै देखिने गरेको सिमावर्ती क्षेत्रका वासिन्दाहरु बताउछन ।
सीमा नाकामा सुरक्षा निकायको फित्तलो निगरानीका कारण पछिल्लो केहि समय देखि भारतीय अपराधीहरुले बारा जिल्ला प्रवेश गरी हत्या जस्ता जधन्य अपराधको सुगम स्थलको रुपमा प्रयोग गर्दै आएको केही घटना क्रमले पुष्टी समेत गरिसकेको छ ।
प्राप्त समाचार अनुसार बारा जिल्लाको सिमानाका मुसहर्वा, बलिरामपुर, बरैनिया, छतवा, मटिअर्वा र सिमरौनगढका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका इकाइ प्रमुखहरुले तस्करकोलागि सुलभ गरिदिए पछि तस्करहरुको आकर्षणमा बारा जिल्लाको सिमानाकामा सुगम स्थालको रुपमा स्थापित हुन पुगेको हो ।
छतवा, बलिरामपुर, मुसहर्वा र भारतका नामुद तस्करहरु बाराको बलिरामपुर र मुसर्हवाको नहरको बाटो हुादै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुरसम्म दैनिक ५० देखि एक सय सम्म चौपायाका साथै कपडा, हार्डवेयर, मोटर पाटर्स, जिरा र काजु लगायतका समाग्री रातीको १२ बजे देखि ४ बजे सम्म तस्करहरुले सहजै पुर्‍याउने गरेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -