सहारा दैनिक

spot_img
Homeदेशमधेशजसपा पर्साको पुनरगठन, सिंहासन साह तेली अध्यक्ष चयन

जसपा पर्साको पुनरगठन, सिंहासन साह तेली अध्यक्ष चयन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० असोज ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्सा जिल्ला कार्य समिति पुनरगठन भएको छ ।
बिहिबार जसपाका सचेतक एवम् पूर्व मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले जसपा पर्साको जिल्ला समिति पुनरगठन गरेको हो ।
नव गठित जिल्ला कार्य समितिको अध्यक्षमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेली मनोनित भएका छन् ।
जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरूको उपस्थितिमा बसेको बैठकले तेलीको नेतृत्वमा गठन गरेको जिल्ला कार्य समितिको उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह रहेका छन ।
त्यसै गरी सदस्यहरुमा क्रमशः असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर,खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।
बैठकले यसअघि राम नरेश यादव अध्यक्ष रहेको तदर्थ समितिलाई खारेज गर्दै नयाँ जिल्ला कार्य समिति गठन गरेको सह–सचिव सुशील कुमार कानुले जानकारी दिनु भयो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका प्रदीप यादवले रामनरेश यादव अध्यक्ष रहेको जिल्ला तदर्थ समितिको वैधानिकता सकिएपछि बुधबार नेता/कार्यकर्ताको भेलाबाट तेलीको अध्यक्षतामा जसपाको जिल्ला कार्य समिति पुनरगठन गरिएको बताउनु भयो ।
यसअघिको जिल्ला तदर्थ समितिका अध्यक्ष र सचिवलाई अरु दलको दलाल भएको आरोप लगाउदै यादवले भने, ती दुई जनाले नै पर्सामा पार्टीलाई धराशायी बनाएको आरोप लगाएका थिए ।
बैठकमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति पर्साका प्रमुख निञ्जन साह सोनार (अजय सर्राफ) लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति पर्साका प्रमुख निञ्जन साह सोनार (अजय सर्राफ)ले केन्द्र देखि जिल्ला तह सम्मका अधिकांश नेता/कार्यकर्ताको उपस्थितीमा भएको बैठकले तेलीको अध्यक्षतामा जिल्ला कार्य समिति पुनरगठन भएको बताउनु भयो ।
यसै विच जसपा पर्साका निवर्तमान तदर्थ समितिका अध्यक्ष रामनरेश यादवले प्रेस विज्ञप्ती जारी गरी नयाँ कार्य समितिलाई अवैधानिक भनेका छन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -