सहारा दैनिक

spot_img
Homeआलेखबाहुनवादबाट पीडित थिए त नेम्वाङ ?

बाहुनवादबाट पीडित थिए त नेम्वाङ ?

नेपालको संविधान २०७२ का निर्माता, नेकपा एमालेका सासंद एंव उपाध्यक्ष, बरिष्ठ कानूनवीद, आदर्शवादी र इमान्दार राजनीतिज्ञ तथा विगत ३२ वर्ष देखि निरन्तर रुपमा सासंदको रुपमा देशको सेवा गरेका सुवासचन्द्र नेम्वाङको असायमिक निधनले देशलाई अपूरणीय क्षती भएको छ । अन्तरीम ब्यवस्थापिका ससदका अध्यक्ष, संविधानसभाका अध्यक्ष तथा प्रतिनिधीसभामुखको, सभामुखको रुपमा उनले निर्वाह गरेका भुमिकाका कारण उनलाई नेपाली राजनीतिको अजातशत्रु पनि मानिन्छ । सुयोग्य, निष्ठावान, सिद्धान्तनिष्ठ तथा समर्पित राजनीतिज्ञ नेम्वाङलाई नेपाली राजनीतिको बाबा साहेब भिमराम अम्वेडकर पनि मानिन्छ । उनकै अथक प्रयत्न, सरल स्वभाव एंव समन्वयकारी भुमिकाका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी हुन सकेको हो ।
पुर्वी नेपालको एउटा जनजाती परिवारमा जन्मिएका नेम्वाङ जातिवादको परिधिभन्दा बाहिर रहेर सधै नै आफुलाई एउटा सच्चा नेपाली सावित गरिरहे तर उनी जुन राजनीतिक दलमा आवद्ध थिए, त्यस दलमा विगत चार दशकमा कुनै गैरबाहुनले पार्टीको नेतृत्व लिने अवस्था अथवा वातावरणको निर्माण भएन । बाहुनवादी सिण्डिकेटमा एउटा जनजातिले आफ्नो समुचित अधिकार र सम्मान जोगाउन सकेनन् । जे जति प्राप्त गरे त्यो सबै उनको ब्यक्तिगत क्षमता, योग्यता, निष्ठा समर्पण र पार्टी नेतृत्वको बाध्यता अथवा अपरिहार्यताका कारणले हो । सुवासचन्द्र नेम्वाङ मरेर गएपनि नेपालको राजनीतिक आकाशमा एउटा जाजवल्यमान ताराको रुपमा उनी चम्किईनै रहनेछन् तर जनजाति भएकै कारण कतै उनी नेकपा एमालेको अध्यक्ष, देशका प्रधानमन्त्री र राष्ट्रपति बन्न सकेनन भन्ने यर्थाथ प्रश्न पनि छोडेर गएका हुन् ? नेकपा एमालेसित यस प्रश्नको जवाफ छैन, हुन पनि सक्दैन ।
नेकपा एमालेमा सुवासचन्द्र नेम्वाङ भन्दा बढी संबैधानिक कानूनका ज्ञाता अन्य कुनै पनि नेता थिएनन् । उनी कानुनका प्राध्यापक पनि थिए । सर्बोच्च अदालतका वरिष्ठ एंव सम्मानित अधिवक्ता पनि थिए । शुरुका दिनमा, र संकटका दिनमा नेकपा एमालेलाई सहयोग गर्ने प्रमुख कानुनी सल्लाहकार पनि थिए ।नेकपा एमालेको निम्ती उनको योगदान, त्याग, समर्पण, लगानी र निष्ठा सर्बोपरी रही आएको हो । उनी २०४८ र २०५१ सालमा राष्ट्रियसभाका सदस्य बनेका थिए । तथ्य र तर्कसंगत कुरा गर्ने नेम्वाङलाई सम्मान गर्नेहरु सबै दलमा थिए । २०६४ र २०७० सालको दुबै संविधानसभा निर्वाचमा उनी बिजयी भएका थिए । वि.स. २०५६ र २०७४ सालको प्रतिनिधीसभा निर्वाचनमा उनी आफ्नो गृह जिल्ला इलामबाट विजयी भएका थिए । वि.स. २०७९ को मंसीरमा भएको निर्वाचनमा पनि उनि इलामको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित थिए । कहिल्यै चुनावमा पराजित नहुने नेकपा नेकपा एमालेका एक मात्र नेता भरसक उनी मात्रै थिए । यति विशेष्ता भएका नेतालाई प्रधानमन्त्री बनाइनु पर्दथ्यो । नेकपा एमालेले वि.स. २०५१ सालमा मनमोहन अधिकारी २०६६ मा माधव कुमार नेपाल, २०६७ मा झलनाथ खनाल २०७२, र वि.स. २०७४ सालमा के.पी.शर्मा ओलीलाई प्रधानमन्त्री बनायो तर सुवास चन्द्र नेम्वाङलाई बनाएन् ।
नेकपा एमालेले चाहेको भए नेपालको शिशु गणतन्त्रलाई बलियो बनाउन तथा यसको संस्थागत विकास गर्न सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको रुपमा अघि सार्न सक्द्थो । वि.स. २०७२ साल कार्तिकमा विद्यादेवी देवी भण्डारीलाई राष्ट्रपतिको पदमा अघि सार्नुको सट्टा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको पदमा अघि सार्न सक्दथ्यो । जव के.पी.शर्मा प्रधानमन्त्रीमा निर्वाचित भइसकेका थिए भने राष्ट्रपतिमा पनि बाहुनलाई नै अघि सार्नु किन आवश्यक भयो ? विद्यादेवी भण्डारी र सुवासचन्द्र नेम्वाङ वीच कुनै तुलना नै हुन सक्दैन थियो । नेपाली कांग्रेसले डा. रामवरण यादव (मधेसीलाई) लाई राष्ट्रपतिको पदमा अघि सारेको थियो । नेकपा एमालेले चाहेको भए सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतीको पदमा अघि सारेर नेपालको एउटा ठुलो आवादी (आदिवासी जनजती) मा सकारात्मक सन्देश दिन सक्द्थयो तर होईन, नेकपा एमाले नाम मात्रको साम्यवादी, अग्रगामी, प्रगतिशील र समाजवाद–उन्मुमुख संगठन हो ।
यथार्थमा यो कर्मकाण्डमा विश्वास राख्रुने यथास्थितिवादका पक्षधर र बाहुनवादको संकिर्ण मानसिकता भन्दा बाहिर आउनै सक्दैन । वि.स. २०७५ सालमा पनि राष्ट्रपति पदका लागी निर्वाचन भएको थियो तर नेकपा एमालेले यस पटक पनि विद्यादेवी भण्डारीलाई नै अघि सार्‍यो । सहज रुपमा चुनाव जित्रुन सक्ने अवस्था हुदाँसम्म विद्यादेवी भण्डारीको नामलाई मात्रै अघि सार्‍यो । नेकपा एमाले कर्मकाण्डीय सोच एंव जातिय संकिर्णताको घेरा भन्दा मुक्त रहेका भए कमसेकम दोश्रो पटक पनि त आफ्ना वरिष्ठ नेता र संविधानवीद सुवासचन्द्र नेम्वाङको नामलाई अघि सार्न सक्दथ्यो तर नेकपा एमालेले त्यसो गरेनन । संभवतः नेकपा एमालेका शीर्ष नेतृत्वमा रहेको बाहुनवादी जातिय अहेकारबाट पीडित भएर नै अशोक कुमार राई जस्ता वरिष्ठ नेताले एक ठुलो समुहमा नेकपा एमालेलाई परित्याग गरेका थिए । सुवास चन्द्र नेम्वाङ भने उपेक्षा र अपमान सहेर पनि एमालेलाई परित्याग गरेनन् ।
सुवासचन्द्र नेम्वाङ संसदको सार्बजनिक लेखा समितिको सभापति हुँदा चाईना साउथ वेष्ट एयर लाईन्स विमान प्रकरणमा भएको अनियमितता र भ्रष्टचारको निम्ती एमाले नेता र तात्कालिन पर्यटन एंव नागरिक उडयन मन्त्री भिन रावललाई दोषी ठहर्‍याईएको थियो । नेकपा एमालेले त्यति बेला भीम रावलसित जवाफ माग्नुको सट्टा उल्टै सुवासचन्द्र नेम्वाङसित स्पष्टिकरण सोधेको थियो कि उनले आफ्नै पार्टीका नेतालाई दोषी किन ठहर्‍याए ? नेकपा एमाले भित्र रहेर मान–सम्मान सहित काम गर्नु एउटा जनजातिको निम्ती कति कठिन हुने गर्दथ्यो ? त्यसको त्यो गतिलो प्रमाण थियो ।
जन आन्दोलन–२ को सफलता पश्रुचात नेकपा माओवादी पनि राष्ट्रिय राजनीतिको मुलधारमा समाहित भएको थियो । संसदमा माओवादीका सासंद र सभासदलाई संयमित र अनुशासित बनाएर राख्रुनु निकै कठिन कार्य थियो तर सुवासचन्द्र नेम्वाङले यस कठिन कार्यलाई सफलतापूर्वक निर्वाह गरे । मधेसी दलका सासंद, माओवादी र नेपाली कांग्रेस एंव नेकपा एमालेलाई विश्वासमा लिई समन्वयकारी भुमिकाको निर्वाह गरेकोमा उनको प्रशंसा सबैतिर भईरहेको छ । पहिलो संविधानसभामा जतिबेला नेकपा एमाले विभाजित भएको थियो, त्यतिबेला माओवादी, मधेसवादी र अशोक राईको पार्टीको गरी दुई तिहाई भन्दा बढी सभासद संविधान बनाउन सफल हुने अवस्थामा थिए तर नेम्वाङले पार्टी नेतृत्वको आदेशमा संविधानसभाको बैठक हुन दिएका थिएनन् ।
त्यतिबेला उनले माओवादी, मधेसवादी र अशोक राईका पार्टीको विरोधको सामना पनि गर्नु परेको थियो तर जब प्रधानमन्त्री एंव राष्ट्रपति बन्रुने अवसर आयो एमालेले बाहुनलाई मात्रै स्रुमरण गर्‍यो । अहिले पनि एमालेमा ओलीपछि ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पौखरेलकै चर्चा छ । सुवासचन्द्र नेम्वाङ त नाम मात्रका पदाधिकारी थिए । पार्टीमा उनको भुमिकालाई गौण राखिएको थियो । दक्षिणी छिमेकी भारतमा त्यहाँको संविधानका निर्मातालाई अम्वेडर (दलित) लाई देशको सर्बोच्च नागरिक सम्मान भारत रत्नको उपाधी पनि दिईएको छ । उनको जयन्तिलाई पर्वको रुपमा मनाईन्छ । त्यहाँ अहिले पनि एउटा जनजाति नै राष्ट्रपति हुन, त्यहा यस भन्दा अघि दलित थिए । सुवास चन्द्र नेम्वाङ नेकपा एमालेमा जे जति सम्मान र महत्वका हकदार थिए, त्यती उनले पाउन सकेनन् । बाहुनवादी सिण्डिकेटमा उनले स्थान र अवसर पाउने कुरा पनि थिएन । नेकपा एमाले जडसुत्रवादी राजनीतिक संगठन हो । यसले परिवर्तन र अग्रगमनलाई आत्मासात गर्न सक्दैन । सुवासचन्द्र नेम्वाङसित उनको पार्टीले समुचित मुल्यांकन गरेन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -