सहारा दैनिक

spot_img
Homeदेशमधेशनेम्वांगको निधन प्रति शोक

नेम्वांगको निधन प्रति शोक

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ भदौ ।
नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य एवम् पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङको निधन प्रति नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) पर्साले शोक व्यक्त गरेको छ ।


नेकपा (एस) पर्सा जिल्ला अध्यक्ष बाल गोपाल थापाले बिहिवार एक शोक वक्तव्य जारी गरी “नेम्वाङको दुःखद निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन दुःख र पीडामा छ भन्नु भएको छ । यस दुःखद घटनाबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा स्तब्ध एवं मर्माहत भएको उहाको शोक वक्तव्यमा उल्लेख छ । शोक वक्तव्यमा उहाको निधनबाट नेपाल कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । समाजवाद उन्मुख संविधान निर्माणमा उहाले गर्नु भएको योगदान प्रति उच्च सम्मान गर्दै सम्पूर्ण पर्सा पार्टी पंक्तिको तर्फबाट क. सुवासचन्द्र नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं र परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ अध्यक्ष थापाद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -