सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ भदौ ।
अवैध रुपमा भित्रियाएर भण्डारन गरिएको ८ सय किलो काजु सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा सशस्त्र प्रहरी बल नम्बर १३ गण वीगरंजका सप्रनाउ देवेन्द्र बहादुर सिंह र वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेल नेतृत्व संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १० स्थित एक गोदामबाट काजु नियन्क्रणमा लिएको हो ।
संयुत्त टोलीले सोमवार बिहान साढे १० बजेको समयमा बी.म.न.पा. वडा नं. १० स्थित वजरंग टोल मगनि राउतको घरमा छापामारी गरी अवैध रुपमा भारतबाट ल्याएर लुकाइ छिपाइ राखिएको अवस्थामा रु. ७ लाख २० हजार मुल्य बराबरको ८ सय किलो काजु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर १३ गणका प्रमुख सप्रउ किशन कर्माचार्यले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिइएको काजु आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको उहाले बताउनु भयो ।
Facebook Comments Box