सहारा दैनिक

spot_img
Homeदेशमधेशमलंगवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

मलंगवामा निकालियो सर्वपक्षीय सद्भाव र्‍याली

मलंगवा, २४ भदौ (रासस)
धार्मिक तथा सामाजिक सहिष्णुताका लागि आज मल·वामा सर्वपक्षीय सद्भाव र्‍याली गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सबैलाई संयमता अपनाउन आग्रह गर्दै सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो ।
कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर शुक्रबार साँझ फर्किने क्रममा दुई समुदायबीच झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिबार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।
भदौ २२, २३ र २४ गतेका दिन भएको घटना व्यवस्थापन सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनबमोजिम दोषीलाई कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।
आज बिहान ८ बजेपछि कर्फ्यु हटाए पनि मल·वा नगरपालिका–२, स्थित भएको झड्प नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड गोली हवाई फायर गरेको थियो भने कयौँ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले बजार, पसल खोल्न तथा यातायातका साधन चलाउन भने पनि आज पनि ठाउँठाउँमा टायर बालेर विरोध भएपछि मल·वा बजार पूर्णरूपमा बन्द रहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -