सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा मेयर सिंहको जोड

वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा मेयर सिंहको जोड

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ भदौ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिनु भएको छ ।
आर्थिक नगरीको रुपमा परिचित वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनु पर्ने जोड दिदै त्यसका लागि महानगरले काम गरीरहेको मेयर सिंहले बताउनु भयो ।
मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्ट का संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसंगको भेटवार्ताका क्रममा उहाले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने बताउनु भयो ।
उहाले औद्योगिक एवम् आर्थिक नगरी वीरगंजमा डा. शाहलाई स्वागत गर्दै समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताउनु भयो ।
सो अवसरमा डा. शाहले भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गर्नु भयो ।
उहाले नेपाल र भारत बीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगंजका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -