सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
लायन्स क्लब अफ इन्टरनेशनलद्वारा शुक्रबार आयोजित मेडिकल सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंजलाई समृद्ध बनाउन लायन्स लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको हो ।
लायन्स क्लबले वीरगंज र यस क्षेत्रमा गरेको कामको सह्राना गर्दै उहाले आउदा दिनमा वीरगंजको आवश्यकता र यहाका नागरिकको चाहना बमोजिमका कार्यक्रम संचालन गर्न पनि आग्रह गर्नुभयो ।
लायन्ससंग सहकार्य गर्दै महानगर अघि बढ्न तयार रहेको भन्दै मेयर सिंहले महानगरले स्थापना गरेर संचालनको तयारी गरेको वीरगंज जनस्वास्थ्य प्रयोगशालामा केही उपकरणहरु आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
लायन्स क्लब अफ इन्टरनेशनलका डिएन अग्रवालले शिक्षा स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको बताउदै आफूहरु महानगरसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
उहाले महानगरको प्रयोगशालालाई आवश्यक परेको उपकरण उपलब्ध गराउन लायन्स तत्पर रहेको भन्दै अग्रवालले यसबारे छिट्टै निर्णय दिने पनि बताउनुभयो ।
क्लबले उपलब्ध गराएको आ“खाको रेटिना सम्बन्धी उपचारका लागि अति आवश्यक उपकरण मेयर सिंहले परवानिपुर स्थित केडिया आ“खा अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
करिब रु. ८५ लाख मुल्य बराबरको यो उपकरणले आ“खाको रेटिनाको शल्यकृया गर्न सहज हुने अस्पतालका संचालक राजेश केडियाले बताउनु भयो ।
अहिले पनि नेपाल भारत लगायत विभिन्न स्थानका आ“खाका समस्या भएका व्यक्तिहरुको उपचार गरिरहेको अस्पतालले यो उपकरण पछि अब आ“खाको कुनै पनि समस्याको समाधानका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने उहाले बताउनु भयो ।
क्लबले शुक्रवार नै नेपाल मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालले डायलासिसका लागि निशुल्क व्यवस्था मिलाएकाले त्यहा जाने मृगौला बिरामीका लागि सहज होस भनेर आफूहरुले मेसिन उपलब्ध गराएको लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवालले जानकारी दिनुभयो ।
अस्पतालले यस अघि देखि नै डायलासिस निशुल्क गरिरहेको र अहिले प्राप्त उपकरणबाट पनि थप निशुल्क गर्न आफूहरुलाई उत्साह थपिएको अस्पतालले जनाएको छ ।
Facebook Comments Box