सहारा दैनिक

spot_img
Homeदेशएसएसपी पण्डे र हुण्डी कारोबारी साहबीचको अडियो प्रकरण: खण्डन पत्रको चिरफार

एसएसपी पण्डे र हुण्डी कारोबारी साहबीचको अडियो प्रकरण: खण्डन पत्रको चिरफार

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ भदौ ।
एसएसपी बेल बहादुर पाण्डे र हुण्डी कारोबारी राज होजियरीका साझेदार राज साहबीचको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि सो प्रकरणबाट जोगिन एसएसपी पाण्डेले सार्वजनिक गरेको खण्डन पत्रले दुईबीचको लेनदेन पुष्टी गरेको छ ।
वीरगंजमा मात्र नभई देशभरीकै वित्तिय माफियाहरूबीच चर्चित हुण्डी कारोबारी राज साह भन्ने राम दरेश साहसँग पर्साका तत्कालिन प्रहरी प्रमुख एवं वर्तमान एसएसपी पाण्डेबीच कस्तो व्यक्तिगत सम्बन्ध वा लेनदेन हो भन्ने कुरा एसएसपी पाण्डेले सार्वजनिक गरेको खण्डन पत्रमा उल्लेख गरेका छैनन् ।
समाज र देशमा देखिएका अवैध गतिविधिमाथि कडा निगरानी गरी कारवाहीको दायरामा ल्याउनु पर्ने आर्थिक अपराधीहरूसँग जिम्मेवार प्रहरी अधिकारीको ‘व्यक्तिगत सम्बन्ध’ र ‘आर्थिक लेनदेन’को विषय सार्वजनिक हुनु र स्वयं आरोपित एसएसपी पाण्डेले खण्डनपत्रमार्फत स्वीकार गर्नुले सिंगो प्रहरी संगठनमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।
यद्यपि प्रहरी प्रधान कार्यालयले राज साह र एसएसपी पाण्डेबीचको नेपाल लाईभले सार्वजनिक गरेको अडियो प्रकरणबारे छानबिन समिति गठन गरेर अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
नेपाल प्रहरीको संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवर बेदाग कमाण्डर भएपनि उनकै मातहतका प्रहरी अधिकारीमाथि वित्तिय अपराधीहरूसँग सांठगांठको खबर बाहिरिनुले संगठन प्रमुखमाथि समेत प्रश्नचिन्ह खडा गरिदिएको छ ।
एसएसपी पाण्डे कारवाही प्रकृयाबाट जोगिन विभिन्न शक्तिकेन्द्र धाईरहेका छन् भने बिचौलियाहरूको प्रयोगमा जुटेका छन् ।
प्रहरी प्रधान कार्यालयमै रहेको अपराध अनुसन्धान विभागका डीआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा बनाइएको छानबिन समितिले दिने प्रतिवेदनले पनि शक्ति केन्द्रको दवाव र बिचौलियाहरूको प्रभावमा कत्तिको परे वा परेनन् त्यो आगामी दिनले देखाउने नै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)नेतृत्वको वर्तमान सरकार र उनका गृहमन्त्रीले हरेक भाषणमा बोल्ने गरेको सुशासन अभियानलाई पनि हुण्डी कारोबारी साह र एसएसपी पाण्डेबीचको लेनदेन प्रकरणले फितलो बनाउने हो कि भन्ने प्रश्न पनि उब्जिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -