सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० भदौ ।
भ्रष्टाचारमा शून्य सहनशीलता र देशमा सुशासन कायम गराउने माओवादीको प्रचण्ड सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठले लगाउने नारा टा“य–टा“य फिस्स हुने देखिएको छ ।
वीरगंजमा आइतवार जिल्ला प्रशासन कार्यालय पर्साको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिशमा सम्मान गरिएका एक व्यक्ति एवं कार्यकर्ता भेलामा पार्टी प्रवेश गरेका अर्का व्यक्तिको फोटो सार्वजनिक भएपछि माओवादी सरकारको गृहमन्त्री नारायण काजी श्रेष्ठको सुशासन सम्बन्धी नारा भित्रको अर्को रुप छताछुल्ल भएको हो ।
कुख्यात सुन तस्करको नामले चर्चित राजु भन्ने राजकुमार दारुका जो ३३ किलो सुन काण्डमा पक्राउ परेका थिए, दारुका अझै पनि सुन तस्करीमा सक्रिय रहेको चर्चा चरमउत्कर्षमा रहेको र उनकै साझेदार संजय अग्रवाललाई गृहमन्त्रीकै हातबाट सम्मान दिन लगाएपछि नेपालको गृह प्रशासनले ढोल पिट्ने सुशासन कस्तो हो ?सर्वत्र चासोको विषय बनेको छ । अवैध कारोबारबाट नाम कमाएका व्यक्तिहरूबाट जिल्ला प्रशासनले नवनिर्मित भवन निर्माण तथा सेवाग्रहीमैत्री पूर्वाधार निर्माण लगायत सेवा प्रवाहस“ग सम्बन्धित व्यवस्थापकीय कार्यकोलागि सहयोग लिनु र गृहमन्त्रीले सम्मान गर्नु पनि एक किसिमको भ्रष्टाचार होइन र ?
यदपी अग्रवाललाई जिल्ला प्रशासन कार्यालय प्रा·णमा सौन्दर्यकरणका लागी ४०–५० थान गमला उपलब्ध गराए वापत प्रसन्सा पत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भयो ।
त्यस्तै पार्टी आज एक समारोह बीच पार्टी प्रवेश गराएका मध्ये शिव कुमार पनि विवादित व्यक्ति रहेको बताइन्छ । शिवले यस अघिको पा“च वर्षभित्र “जय महाबीर कृषि सहकारी संस्था लि. सखुवा प्रसौनीको नाममा प्रदेश सरकारबाट करोडौ“को कृषि योजना ल्याई भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको छ । यस्ता विवादित व्यक्तिलाई पार्टीभित्र प्रवेश गराएर पार्टीको चरित्र धुमिल गर्न खोजिएको भन्दै माओवादी भित्रकै कार्यकर्ताहरू असंतुष्ट देखिएका छन् ।
Facebook Comments Box