सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० भदौ ।
समाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा वीरगंज स्थित घण्टाघर चोकमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
समाजवादी प्रेस संगठन पर्साको अध्यक्ष मनोज पटेलको सभापतित्वमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाले पत्रकारहरुले सुशासनको पक्षमा कलम चलाउनु पर्ने वताउनु भयो ।
उहाले पत्रकाहरु सत्य तथ्यमा आधारित रहेर कलम चलाएको खण्डमा मात्र देशमा विकास र सुशासन कायम हुने बताउनु भयो ।
एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले पत्रकारको सहयोग र साथबाट मात्र समाजवाद सम्भव रहेको बताउदै जनताको न्यायको पक्षमा पत्रकारहरु निडर भएर कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठकोठे मगर, दलित मुक्ति संगठन पर्साका अध्यक्ष सुशिल हजरा, संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमन, सहसचिव बिनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, कार्यसमिति सदस्यहरु संतोष साह, श्याम पासवान, सरोज पटेल, श्रवण साह, दिपु बर्णवाल लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box