सहारा दैनिक

spot_img
Homeदेशमधेशऔषधी तथा खुद्रा मालबस्तुहरू लोड ट्रक नियन्त्रण

औषधी तथा खुद्रा मालबस्तुहरू लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ भदौ ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक चितवनतर्फ जांदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले औषधी तथा खुद्रा मालबस्तुहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रक सहित खुद्रा तथा औषधीका सामानहरूको अ.मु.रू ९५ लाख ४३ हजार १ सय ६ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -