सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ भदौ ।
सशस्त्र प्रहरी बल सर्लाहीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल विओपी संग्रामपुरले हतियार सहित दुई जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेडक्वाटर सर्लाही मातहतका विओपी संग्रामपुरबाट खटिएका टोलीले चेकजांचको क्रममा सिमावर्ती क्षेत्रबाट दुइ थान पेस्तोल सहित सर्लाही जिल्ला हरिपुर्वा गापा वडा नं. ६ निवासी २० वर्षीय प्रकाश यादव र २३ वर्षीय जिवन राय यादवलाई पक्राउ गरेको जनाइएको छ ।
भारतको इनर्वाबाट द्यच्ज्ञढन्ब्द्धज्ञद्धज्ञ नम्बरको भारतीय मोटरसाइकलमा सवार भई नेपाल तर्फ आउदै गरेको अवस्थामा उनीहरुलाई ७.६५ मि.मि. पेस्तोल एक थान त्यसमा लाग्ने म्यागजिन एक थान र १५ राउण्ड गोली तथा कट्वा पेस्तोल एक थान सहित ८ मि.मि. को ५ राउण्ड गोली सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल छिनमस्ता वाहिनी मधेश प्रदेश वर्दिवासले जनाएको छ ।
हतियार सहित पक्राउ परेका यादवद्वयलाई आवस्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको बताइएको छ ।
Facebook Comments Box