सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ साउन ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालको एरिया ३ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।
वीरगंज आदर्शनगर स्थित त्रिशला रेष्टुरेन्टमा आयोजित एक कार्यक्रम विच लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालको एरिया ३ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको हो ।
सो अवसरमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गर्भनर लायन डि.एन. अग्रवालले एरिया ३ अन्तर्गत रहेका क्लबहरूका नवनिर्वाचित पदाधिकारी एवं क्लबमा भित्रिएका नयां सदस्यहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउदै पदस्थापन गराउनु भयो ।
संयुक्त पदस्थापन कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक र मानवीय सेवाका साथै नेतृत्व विकासमा गरेको उत्कृष्ट कार्यबाट आफु प्रभावित भएको बताउदै आगामी दिनमा वीरगंज महानगरपालिकासंग सहकार्य गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा लायन वर्ष २०२२–२३ का अध्यक्षहरूले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२३–२४ का लागि पदस्थापित अध्यक्षहरुले भावी कार्यक्रम प्रस्तुत गरेका थिए ।
लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन लायन कबिता हलानको अध्यक्षतामा आयोजित संयुक्त पदस्थापन कार्यक्रममा लायन्स क्लब इन्टरनेसनलका पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, पुर्व डिष्ट्रिक्ट गर्भनरद्वय लायन डा. रामअवतार प्रसाद खेतान, लायन शम्भु नकर्मी, फस्ट लेडी लायन सुनिता अग्रवाल वरिष्ठ उद्योगपति लायन बिरेन्द्र संघई, एरिया ३ का प्रमुख पिएमजेएफ लायन उमेश शर्मा, क्याबिनेट सेक्रेटरी एमजेएफ लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन राम बिहारी पाण्डे, एरिया ३ की ट्रेजर लायन आश्मा सिंह यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एसकी जोन चेयरपर्सन लायन स्वेता क्षेत्रीले गर्नु भएको थियो ।
Facebook Comments Box