सहारा दैनिक

spot_img
Homeदेशमधेशकर्पोरेट बैंक र क्लासिक होटल हटाउने कार्य सदर

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने कार्य सदर

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ साउन ।
मुख्य नालामाथि निर्माण गरिएको संरचना वीरगंज महानगरपालिकाले हटाएकालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
मुख्य नालामाथि निर्माण गरेर वर्षौँदेखि उपभोग गर्दै आएको कर्पोरेट डेभलपमेन्ट बैंक र क्लासिक होटल रहेको संरचना महानगरले हटाएको कामलाई सर्वोच्च अदालतले सदर गरेको हो ।
संरचना हटाउन रोक लगाउन माग गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवनका धनी पवन कुमार गुप्ता र अनिल कुमार गुप्ताले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।
बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतको ६ नं इजलासका न्यायाधिशद्वय प्रकास कुमार ढुंगाना र डा.कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको वीरगंज महानगरपालिकाले जनाएको छ ।
सर्वोच्च अदालतले साउन ११ गते अल्पकालिन अन्तरिम आदेश दिंदै संरचना हटाउने काम यथावत राख्न भनेको थियो ।
अल्पकालिन आदेशलाई निरन्तरता दिन सर्वोच्चले अस्विकार गरेसंगै महानगरले थालेको काम जायज रहेको पुष्टि भएको छ । महानगरले दुबै भवन साउनको पहिलो साता हटाएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -