सहारा दैनिक

spot_img
Homeदेशमधेशदुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य हुदैन–अर्थमन्त्री महत

दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य हुदैन–अर्थमन्त्री महत

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ साउन ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साले शुक्रवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताउनु भएको हो ।
उहाले पुँजीगत खर्च कम हँुदा आर्थिक वृद्धिदर कम भएको बताउदै विगतमा अर्थतन्त्रमा देखिएको समस्या बिस्तारै समाधान हुँदै गएको बताउनु भयो ।
मन्त्री महतले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको बताउदै उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा देखिएको समस्या समाधानमा पनि सरकार लागेको बताउनु भयो ।
पत्रकार सम्मेलनमा मन्त्री महतले राजस्व संकलन गर्ने निकायका कर्मचारीले गर्ने दुरुपयोग, त्रुटि, उदासिनता र निष्क्रियता मान्य नहुने बताउदै पारदर्शिता र राजस्व वृद्धिमा ध्यान दिन निर्देशन दिइसकेको जानकारी दिनु भयो ।
वर्तमान सरकारको मुख्य लक्ष्य सुशासन, सेवा प्रवाहमा प्रभाविकारिताको प्रत्याभूति र विकास निर्माणलाई गति दिनु रहेको बताउनु भयो । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री महतले सो अवसरमा दुई दशकदेखि बन्द वीरगंज चिनी कारखाना लगायतका रुग्ण उद्योग पुनःसञ्चालनका विषयमा सरकारले सम्भाव्यता अध्ययन गरिरहेको पनि जानकारी दिनु भयो ।उहाले वीरगंज स्थित कृषि औजार कारखाना मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउन अर्थमन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई तत्कालका लागि रु एक करोड बजेट उपलब्ध गराइसकेको जानकारी दिनु भयो ।प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पर्सा सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. २ का सांसद अजय चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -