सहारा दैनिक

spot_img
Homeसमाचारमो.सा.को ठक्करबाट वृद्धको मृत्यु

मो.सा.को ठक्करबाट वृद्धको मृत्यु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ साउन ।
पर्सा जिल्ला बहुदरामाई नगरपालिका स्थित डकैला चोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
र·पुर टांडीबाट वीरगंज तर्फ आउदै गरेको ना २६ प ४००२ नम्बरको मो.सा.ले ठक्कर दिंदा ७० वर्षीय जोगी पाशवानको मृत्यु भएको हो ।
पटेर्वासुगौली गाउपालिका वडा नं. ३ र·पुर टांडीको ३५ वर्षीय कन्हाइ दासले चलाएको मो.सा.ले सोमवार राती साढे ८ बजेको समयमा ठक्कर दिंदा बहुदरामाई नपा वडा नं. ५ वर्वा टोल निवासी ७० वर्षीय जोगी पाशवान सहित मोसा चालक दास समेत घाइते भएका थिए ।


सो दुर्घट्नामा गम्भिर घाइते भएका वृद्ध पाशवानलाई तत्काल उपचारको लागी नारायणी अस्पताल वीरगंजमा ल्याउदा उपचारकै क्रममा साढे ९ बजे राती मृत्यु भएको उनका आफन्तजनले जनाएका छन ।
पाशवानलाई ठक्कर दिने मोसा चालक दास समेत घाइते भएकाले निजलाई नारायणी अस्पताल मै राखेर उपचार भइ रहेको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -