सहारा दैनिक

spot_img
Homeदेशमधेशमनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार धमेन्द्र झालाई

मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार धमेन्द्र झालाई

रौतहट, ३० वैशाख (रासस)
मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको वैशाख २९ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
महासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले आगामी जेठ २० मा पुरस्कार वितरण गरिने जानकारी दिनुभयो । गत वर्ष २०७९ को प्रथम पुरस्कारबाट गोरखापत्र संस्थानका नायव कार्यकारी सम्पादक एवं नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष कुमार विवेकानन्द मिश्रालाई प्रदान गरिएको थियो ।
रौतहटबाट प्रसारण हुने रेडियो मधेस मसलाका स्टेशन म्यानेजर एवं जनकपुर टुडेका रौतहट समाचारदाताका रूपमा काम गर्दै आएका पत्रकार मनोज चौधरीको २०७८ वैशाख २९ गते ४१ वर्षको उमेरमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनुभएको थियो ।
गरुडा नगरपालिका(४ बस्ने चौधरीको एक छोरा र एक छोरी छन् भने उहाँकी श्रीमती पुनमकुमारी चौधरी सोही पालिकामा उपप्रमुख पदमा निर्वाचित हुनुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -