वीरगंज, २६ कार्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएको छ ।
राष्ट्रिय एकता अभिायनले यादवले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सप्तरी–२ स्थित राजविराजमा जिहादविरुद्ध प्रदर्शन भएको गरेको हो ।
प्रदर्शनको क्रममा अभियानका अध्यक्ष विनय यादवले जसपाका अध्यक्ष उपेन्द्रले चीन र मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दिले पाकिस्तानको इसारामा मधेशमा जिहादी गतिविधिलाई बढाव दिन भित्रभित्रै खेल खेलिरहेको आरोप लगाए ।
उनले भने, नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो जसले यहाको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत सुरक्षाका लागि भित्रभित्रै ठुलो चुनौती सिर्जना गरेको छ, भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समय सतहमा पनि मुखर हुन थालेको छ ।
उपेन्द्र यादव र गद्दि जस्ता दलालका कारण नेपालमा राजनीतिक संरक्षणको बलमा जिहादी गतिविधि बढिरहेको बताउदै यादवले नेपालमा बढिरहेको जिहादी गतिविधि आम मानिसको कल्पनाभन्दा बाहिर छ भने ।
उनले तराई मधेश जिहादको निशानामा रहेको बताउदै उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री गद्दिको अगुवाईमा राष्ट्र र समाजको लागि क्यान्सर जस्तो रहेको जिहाद गतिविधि बढिरहेको आरोप लगाए ।
जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको आरोप पनि उनको छ ।
उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए ।
धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नु पर्नेमा जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल समेत गरेका छन ।
Facebook Comments Box