वीरगंज, २२ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले पार्टीको सिद्धान्त, विचार र नितिलाई पाखा लगाउदै कुर्सी र सत्ताको लागि चुनाव जित्न गरिएको गठबन्धनलाई ठगबन्धन भएको आरोप लगाउनु भएको छ ।
चुनावी प्रचार प्रसार अभियानको क्रममा मंगलबार वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा पुगेका स्वतन्त्र उम्मेदवार द्धिवेदीले संचारकर्मी संगको कुराकानीमा गठबन्धनलाई ठगबन्धनको आरोप लगाउदै जनता आफनो अधिकार र आवाजको लागि आफै उठेको छ र १ नम्बर क्षेत्रमा जनता नै जितने दावी गर्नु भयो ।
जनता अहिले राजनितिक दल र राजनितिक नेताबाट धोका पाएका छन । ठगबन्धनको नाममा देशलाई बन्धक बनाउने काम गरिएको छ । यो गठबन्धन होईन ठगबन्धन हो भन्नु भयो ।
विगतमा सांसद हुंदा के के काम गर्नुभयो भनी संचारकर्मीहरुको जिज्ञासामा उम्मेदवार द्विवेदीले आफूले आफनो कार्यकालमा पुल, सडक, स्वास्थ्य चौकी, विद्यालय बनाएको छु, तर अजय द्धिवेदीको नामले गेट बनाएको छैन भन्दै मेरो पछाडी जितेका २ जना सांसदलाई समेत चुनौती दिदैं आफनो कार्यकालमा को सांसदले के कति काम गरेका छन, आउ खुल्ला बहस गरौं भन्नु भयो ।
Facebook Comments Box