वीरगंज, २२ कार्तिक ।
जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष मोहम्मद लालबाबु राउत गद्दिको धुमिल छवीका कारण सो पार्टीका अन्य उम्मेदवारहरु शंकटमा परेका छन ।
एक तिर पटक–पटक भएको मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको सपना माथि अध्यक्ष यादवले कुठाराघात गरेको आरोप लाग्न थालेको छ भने अर्को तर्फ उपाध्यक्ष एवं मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दिको भ्रष्ट चरित्रका कारण अन्य उम्मेदवारहरुको राम्रो छवी भए पनि नेतृत्वका कारण शंकटमा परेको चर्चाले व्यापक्ता पाइको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनमा होमिएका मुलुक संगै मधेश प्रदेशमा जसपाका नेतृत्वले सत्ता र पैसाको लागी जे पनि गर्न तयार हुने चरित्रका कारण उम्मेदवारहरु प्रति आम जनतामा वितृष्णा पैदा भएको बताइन्छ ।
निर्वाचनको सरगर्मि बढे संगै हिजो आज चिया पसल र चौक चौराहामा हुने आम चर्चा परिचर्चा र समाजिक संजालको पोष्टहरुलाई मध्य नजर गर्दा समग्रमा मधेसी जनअधिकार फोरम पश्चात संघीय समाजवादी फोरम हुंदै जसपा सम्म आइपुग्दा अध्यक्ष यादव र उपाध्यक्ष्ँ मोहम्मद गद्दि कै कारण जसपाका उम्मेदवारहरुले हार बेहोर्नु पर्ने छ ।
मधेश आन्दोलनमा जुन हक अधिकारको नारा साकार पार्नका निम्ति बलिदानी दिएका सहिदहरुको सपना माथि कुठाराघात गर्दै जसपा अध्यक्ष यादवले मधेशको मुद्दा सम्बोधन सम्बन्धमा संसदमा प्रस्तुत भएका विधेयक पास गर्न आनाकानी गरेका नेकपा एमाले संगै सत्ता र पावरका निम्ति गठबन्धन गरेको आरोप आम मधेशी जनताले लगाउन थालेका छन ।
एक त मधेश आन्दोलनको भावना संग खेल्वाड गर्दै नागरिकता विधेयकमा अडंगा लगाउने दल संगै गठबन्धन गरेको कारण सिंगो मधेशमा जसपा प्रति आक्रोस व्यापक छ भने अध्यक्ष यादव पछिल्लो चुनावमा निर्वाचित भएको सप्तरी क्षेत्र नं. २ को विकाशमा ध्यान दिनु त परै जाओस विगत ५ वर्षमा क्षेत्रमा अनुहार पनि देखाउन नआएको प्रति सो क्षेत्रका जनतामा व्यापक आक्रोश देखिएको बताइन्छ ।
जसको जवाफ मंसिरमा हुने निर्वाचनमा यीनको विपक्षमा मतदान गरेर देखाउने सप्तरी क्षेत्र नं. २ का आम जनताले जाहेर गरेका छन ।
यस्ता चर्चा परिचर्चा एका तिर छ भने अर्को तिर जसपाका उपाध्यक्ष एवं मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दिको भ्रष्टाचारी प्रवृतिले त झनै जसपा एवं जसपाका उम्मेदवारहरुको छवीमा धक्का दिएको छ ।
मुख्यमन्त्री गद्दि उपर “बेटी पढाउ, बेटी बचाउ”, “मुख्यमन्त्री स्वक्षता अभियान” र “छोरी विमा” कार्यक्रममा भ्रष्टाचार गरेको आरोपको चर्चा चरम उत्कर्षमा छ । किन भने “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तरगत खरिद गरिएको साइकलमा भएको भ्रष्टाचारको पुष्टि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेर मुद्दा समेत चलाएको अवस्था छ ।
त्यसै गरी गद्दिले पछिल्लो निर्वाचनमा चुनाव जितेको र आउदो निर्वाचनको लागी उम्मेदवारी दिएका पर्सा क्षेत्र नं. १ को (ख) निर्वाचन क्षेत्रकै विभिन्न स्थानका लागी ल्याएको विकाश निर्माणका बजेटमा उनका आसेपासे गरेको भ्रष्टाचार छताछुल्ल भएको छ ।
मुख्यमन्त्री गद्दिले सौन्दर्यकरण नाममा पनि विभिन्न बहानामा भ्रष्टाचार गरेको आरोप पनि लाग्दै आएको छ । जसको अहिले चिया पसल र चौक चौराहामा चर्चाको विषय बनेको छ ।
Facebook Comments Box