वीरगंज, २७ असोज । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले सोमवार वीरगंज महानगरपालिका–९ मा रहेको सुनचाँदी व्यवसायीको घरमा छापामारी गरेको छ । वीरगंज–८ स्थित अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा राजस्व अनुसन्धानको टोलीले छापा मारेको हो । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले सर्राफले राजस्व चुहावट गरेको सूचनाको आधारमा उनको घर, कारोवार स्थल र गोदाममा खानतलासी गरी कारोवारसँग सम्बन्धित कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिएको उनले बताए । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारोवारसँग सम्बन्धित कागजात, मालसामान तथा अन्य प्रमाणहरू कब्जामा लिएको उनले बताए । छापामारीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन् । राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुख दिएको र हैरान गरेको आरोप लगाएका छन् ।
Facebook Comments Box