सहारा दैनिक

spot_img
Homeईपेपरजेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग, शुभकामना कार्यक्रम

जेनजी आन्दोलनका घाइतेलाई आर्थिक सहयोग, शुभकामना कार्यक्रम

वीरगंज, १६ असोज । एनिमल नेपालको सहयोगमा जेन २.० (हामी सबै पुस्ताको) अभियानको सहकार्यमा गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका घाइते शिवम झालाई आर्थिक सहयोग गरिएको छ ।

अभियानका डा. राजीव झाले जेनजी आन्दोलनका घाइते शिवम झालाई आर्थिक नगद प्रदान गरेका हुन् । सहयोग हस्तान्तरणका क्रममा जेन्जी पुस्ताको आन्दोलनमा केही सहभागीहरूसँग विजयादशमीको टीका–शुभकामना आदान–प्रदानसमेत गरिएको थियो।

सो अवसरमा सहभागीहरूले आन्दोलनका मागहरूले तत्काल अपेक्षित उपलब्धि हासिल गर्न नसकेको गुनासो राखेका थिए ।

उनीहरूले आन्दोलनको उपलब्धि अझै अधैर्य अवस्थामा रहेको भन्दै निरन्तर संघर्ष आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा उपस्थित डा. राजीव झाले पनि आन्दोलनका मागप्रति सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाहरूको आवाजलाई प्रभावकारी बनाउन निरन्तर प्रयास आवश्यक रहेको औंल्याएका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -