वीरगंज, ९ असोज । नेपाली सेनाले वीरगंज महानगरपालिका–१३ बेल्वास्थित भेडाहा नदीको तटमा बिहीवार वृक्षारोपण शुरू गरेको छ ।
नेपाली सेनाको श्रीजङ्ग गणका सेनाहरूले सेनाको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा बिहीवारदेखि वृक्षारोपण शुरू गरेको गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले जनाएका छन् ।
भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरूवा रोपिएको र श्रीजङ्ग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरूवा रोप्ने अभियान रहेको उनले जानकारी गराए ।
बाँसको बिरूवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षारोपण अभियान पर्यावरणको संरक्षण र संवद्र्धन गर्ने उनले जानकारी गराएका छन् ।

Facebook Comments Box