सहारा दैनिक

spot_img
Homeसमाचारवीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान...

वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका छन् । शनिवार सुरक्षा समितिको बैठकमा वीरगंजमा जारी कफर्युको समयलाई परिवर्तन गर्दै राती ९ बजेदेखि बिहान ५ बजेसम्मको लागि लागू गरेको छ भने बिहान ५ बजेदेखि राती ९ बजेसम्म निषेधाज्ञा हुनेछ । प्रजिअ सुवेदीले कफर्यु हटाइए पनि निषेधाज्ञा भने निरन्तर जारी रहने जानकारी गराएका छन् । शनिवार दिनभर वीरगंजमा निषेधाज्ञा मात्र कायम रहने र रातिको समयमा कफर्यु आदेश लागू गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । उनले निषेधाज्ञा अवधिमा भिडभाड र समूह बनाएर जम्मा नहुन अनुरोध गरेका छन् ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -