सहारा दैनिक

spot_img
Homeसमाचारपाँच किलो गाँजासहित दुईजना पक्राउ

पाँच किलो गाँजासहित दुईजना पक्राउ

वीरगंज, २६ भदौं । इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट पाँच किलो गाँजासहित दुर्ई जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट जीतपुरसिमरा २२ चकरीका ३० वर्षीय मनोज जिम्बा र २६ वर्षीय सोनाम थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमलेखगंजबाट वीरगंज जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएपछि मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -